FAQs Complain Problems

समाचार

बर्दगोरियाले यस वर्ष गर्‍यो १७ किलोमिटर पानी पिच

कैलालीको बर्दगोरियाले चालु आर्थिक वर्ष २०७९/०८० मा १७ किलोमिटर पानी पिच गरेको छ । कालोपत्रेका लागी बेस तयार गर्ने उद्देश्यका साथ आफ्नै साधन खरिद गरेको गाउँपालिकाले गत वैशाख महिनाबाट काम सुरु गरेको थियो । पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र ६ का प्रमुख बाटाहरूलाई पानी पिच गरिएको हो । अन्तरपालिका जोड्ने सडक सहित १७ किलोमिटर बाटोको स्तर वृद्धि गरेको गाउँपालिकाले यसका लागी ५९ लाख ६३ हजार ५ सय १७ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले सडकको स्तर वृद्धि गरेपछि स्थानीयहरूलाई आवागमनमा सहज भएको छ । जनताको सहजताका लागी नै हामी लागी परेका छौ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने,... “हामीले यसै वर्ष गाउँपालिका भरीका बाटाहरू पानी पिच गरिसक्ने भनेका थियौ । तर सवारी खरिद तथा व्यवस्थापनमा ढिलाइ हुँदा लक्ष्य भेट्न सकेनौ । आगामी आर्थिक वर्षमा सबै बाटाहरू पानी पिच हुने छन् । यती बेला अत्यावश्यक ठाउँका खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ ।” गाउँपालिकाले वडा नम्बर १ को छपा बाघ–बासकोटी सडक, वडा नम्बर १ झगडपुर देखी वडा नम्बर ३ जरै ठाडा सम्मको सडक, वडा नम्बर ३ को सेती लोक मार्ग–झालाटोल सडक पानी पिच गरिएको छ भने वडाका केही बाटाहरू ग्राभेल समेत गरिएका छन् । यस्तै वडा नम्बर ४ को टीनबजार–पुरैनाताल सडक, वडा नम्बर ४ कै मुडा बजार–नौनिया सडक, वडा नम्बर ५ को रामपुर–लुवागड सडक र वडा नम्बर ६ को तूल्सीपुर–बासकोटी सडक पानी पिच गरिएको बर्दगोरिया विकास उपभोक्ता समितिका अध्यक्ष नवीन जोशीले जानकारी दिए । यस्तै गाउँपालिका भरी अत्यावश्यक ठाउँहरूमा होम पाइपहरू समेत हालिएको छ ।

Image: