FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

सुदूरपश्चिम प्रदेशको राजधानी अतरिया देखी ५० किलोमिटर पुर्बमा अवस्थित रहेको बर्दगोरिया गाउँपालिकाको कार्यलय मुडा, कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्दछ । बर्दगोरिया गाउँपालिका २८.२५ उत्तरी अक्षांस तथा ८१.२४ पूर्वी देशान्तरमा अबस्थित रहेको छ । समुद्र सतह देखी १४५ मिटर उचाईमा रहेको यस गाउँपालिकामा उष्ण उपोषण , समशीतोषण हावापानी भएको पाइन्छ ।  यस गाउँपालिकाको उत्तर दिशामा मोहन्याल गाउँपालिका, दक्षिणमा जोशीपुर गाउँपालिका सीमाना जोडिएको छ पश्चिममा घोडाघोडी नगरपालिका संग जोडिएको सीमाना पुर्वमा लम्की चुहा नगरपालिका रहेको छ । नेपालका २२ तराई जिल्लाहरु मध्येको एक कैलाली जिल्लामा यो गाउँपालिका पर्ने भएकाले यस बर्दगोरिया गाउँपालिकाको २ नं वडा बाहेक सबै वडाका जमिन समथर छ ।   यस गाउँपालिकामा कच्ची तथा पक्की कलभर्ट पुल गरी ३४ वटा निर्माण भएको तथ्यले पनि यस गाउँपालिकाको विभिन्न ठाउँमा स-साना खोल्सा, कुलो र नदि भएको कुरा सजिलै आकलन गर्न सकिन्छ । गाउँपालिकाको बिभिन्न वडा भएर काँढा तथा कुइरा नदी बगेको हुनाले यहा बालुवा प्रशस्त मात्रामा पाइन्छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ७७.३ वर्ग कि.मि मध्ये करिब १५.०९ वर्ग कि.मि  भु-भाग वन क्षेत्रले ओगटेको पाइन्छ । जुन समुदायिक वन, कबुलियत वन, धार्मिक वन, तथा सरकारी संरक्षित बन भित्र पर्दछ ।